नेपाली जनप्रगतिशील मञ्च कोष्टाव्लाङ्काको अध्यक्षमा बालकुमार बुढा, अधिवेशनमा भरतपुर भ्रमण वर्षको चर्चा – Nepal Press

नेपाली जनप्रगतिशील मञ्च कोष्टाव्लाङ्काको अध्यक्षमा बालकुमार बुढा, अधिवेशनमा भरतपुर भ्रमण वर्षको चर्चा

स्पेन । नेपाली जनप्रगतिशील मञ्च कोष्टाव्लाङ्का स्पेनको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । दोश्रो अधिवेशनबाट बालकुमार बुढाको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति बनेको हो । बाग्लुङको तमानखोला गाउँपालिका घर भएका बालकुमार ७ वर्षदेखि स्पेनमा छन् ।

उपाध्यक्षमा बाग्लुङ काठेखोला गाउँपालिकाका सुवास पुन चयन भएका छन् । सचिवमा चितवन माडीका विप्लव काफ्ले चयन भएका छन् । उनी डेढ दशकदेखि पत्रकारितामा क्रियाशील थिए । सहसचिवमा स्पेनमै पाइलट अध्ययनरत नवलपुरको गैडाकोट नगरपालिकाकी सेजल कँडेल चयन भएकी छन् । कोषाध्यक्षमा बाग्लुङका कृष्ण पुन चयन भएका छन् ।

सदस्यहरुमा चितवनकी सम्झना मैनाली भट्ट, एकबहादुर भट्ट, नवलपुरका वर्षा कँडेल, माधव न्यौपाने, टंकप्रसाद शर्मा चयन भएका छन् । १ जना सदस्य पछि कार्यसमितिले मनोनीत गर्ने जनाइएको छ । सल्लाहकार कमिटिमा निवर्तमान अध्यक्ष केशरबहादुर थापा, पूर्व अध्यक्ष केशवराज कँडेल छन् । कोष्टाव्लाङ्का क्षेत्रमा प्रगतिशील विचार भएका नेपालीहरुको बाहुल्यता छ ।

मञ्च नेकपा माओवादी निकट संगठन हो । अधिवेशनको उद्घाटन शत्रमा बोल्दै नेपाली जनप्रगतिशील मञ्चको प्रवास समन्वय समितिका केन्द्रीय सदस्य गंगा भुषालले जनप्रगतिशील मञ्च युरोपको ५ औं महाधिवेशनमा युरोपभरका नेपालीहरुको जमघट बार्सिलोनामा हुने बताए ।

उनका अनुसार १५० बढी प्रतिनिधिहरु सहभागी हुनेछन् । जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले स्पेनमा रहेका नेपालीको दुख, सुखमा मञ्च सदैव सक्रिय रहेको बताए । कार्यक्रममा एनआरएनए स्पेनका सचिव केशवराज कँडेल, सन्तोष अर्याल, मञ्चका केन्द्रीय महासचिव सूर्यप्रसाद सापकोटा धिरज, कोषाध्यक्ष गोविन्द अधिकारी, एनआरएनए स्पेनका सल्लाहकार मुकुन्द लामिछाने, निवर्तमान उपाध्यक्ष सृजना लामिछाने ।

एनआरएनए कोष्टाव्लाङ्काका कोषाध्यक्ष सुवास ओली, कोष्टाव्लाङ्का समाजका सस्थापक अक्कल बहादुर बोहरा, उपाध्यक्ष छवि श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न स्पेनमा रहेका नेपाली एकजुट हुनुपर्ने धारणा राखेका थिए । उनीहरू स्पेनीसहरुलाई भरतपुर घुम्न आव्हान गर्ने अभियान चलाउन एकमत भएका छन् ।

पोर्तुगलमा रोजगारीको शिलशिलाम पोर्तुगलमा ज्यान गुमाएका बागलुङका सुवास थापाको सम्झनामा श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो । थापाको परिवारलाई सहयोग गर्न एनपीपीएफ कोष्टाव्लाङ्काले आर्थिक सहयोग अभियान समेत चलाएको थियो । संकलित रकम छिटै हस्तान्तरण गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर