टिकटकको उपहार नियमन गर्न अमेरिकाका नेपाली संग्रौलाले लेखे अमेरिकी सरकारलाई पत्र – Nepal Press

टिकटकको उपहार नियमन गर्न अमेरिकाका नेपाली संग्रौलाले लेखे अमेरिकी सरकारलाई पत्र

काठमाडौं । टिकटकमा आउने उपहारहरुको नियमन गर्न अमेरिकामा रहेका गैरआवासिय नेपाली तथा डेमोक्रेटिक पार्टीका समर्थक प्रसन्न संग्रौलाले पत्र लेखेका छन् ।

पत्रमा उनले ‘युवा पुस्तामा टिकटक उपहारका संभावित असर’का बारेमा भन्दै उनले राष्ट्रपति बाइडेन तथा अमेरिकी सदनका सांसदहरुलाई एकमुष्ट पत्र लेखेका छन् । पत्रमा उनले सम्पर्क र मनोरन्जनको लागी टिकटक राम्रो माध्यम भएता पनि यसको उपहारको फिचरले युवा पुस्तामा नकरात्मक असर गर्न सक्नेमा सजग गराउँदै संग्रौलाले पत्र लेखेका हुन् ।

उनले टिकटकको उपचार नियमन गर्न माग गरेका छन् । पत्रमा उनले टिकटकमा जुवा शैलिका पैशामा भर्चुअल उपहार किनबेच हुने भन्दै सजगता गराएका छन् । टिकटकको उपहारले आर्थिक तथा मनोवैज्ञानिक असर युवाहरुमा पुर्याएको भन्दै उनले यस्तो कुराको नियमन गर्न कानुनी तयारी गर्न सुझाएका छन् ।

नेपाल प्रेससँग बोल्दै संग्रौलाले टिकटकको खराब पक्षको बारेमा सचेत गराउन पत्र लेखेको बताए । उनले भने, ‘भुटानी तथा नेपाली मुलका नेपालीहरुले टिकटकमा उपहार दिएको देख्दा समस्या देखेर पत्र लेखेको हुँ । पत्र राष्ट्रपति उपराष्ट्रपति देखि सिनेट मेजोरिटी र माइनोरिटी दुवै लिडरलाई लेखेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर