काठमाडौं- तराई द्रुतमार्गका पुल धरहराभन्दा अग्ला (तस्बिर /भिडिओ) – Nepal Press

काठमाडौं- तराई द्रुतमार्गका पुल धरहराभन्दा अग्ला (तस्बिर /भिडिओ)

मकवानपुर । २०७४ जेठ १४ मा शिलान्यास भएको काठमाडौं तराई मधेश द्रुतमार्गमा पुलहरु धेरै संख्यामा छन् । परियोजनाको व्यवस्थापक नेपाली सेनाका अनुसार द्रुतमार्गमा ८९ पुलहरु हुनेछन् । जसको कुल लम्बाई नै १२.८८५ किलोमिटर छ । जसमा दुई पुल महत्वपूर्ण छन् । एक पुल हो बकैयामा बन्ने आइकोनिक पुल ।

 अर्को हो मकवानपुर जिल्लाको जितपुर खोलामा बन्ने अग्लो पुल । यो पुल सबैभन्दा अग्लो हुनेछ । द्रुतमार्गका पुल हेर्ने कोरियली इन्जिनियर दोहोन किमका अनुसार पुल धरहरा भन्दा अग्लो हुनेछ ।

भूकम्पीय जोखिम भएको स्थानमा बनेको पुलको तलको दबाब माथि र माथिको दबाब तल नहुने गरि प्राविधिक डिजाइन गरेको भन्दै किमले पुल बलियो हुने बताए । उनले भने, ‘यो पुलले आठ रेक्टरको भूकम्प थाम्छ ।’

२०७४ वैशाख २१ मा नेपाल सरकारले नेपाली सेनालाई निर्माण व्यवस्थापन जिम्मा दिएको द्रुतमार्गको अन्तिम निर्माण कार्यको लक्ष्य २०८३ चैत मसान्त तोकिएको छ ।

७०.९७७ किलोमिटर लामो काठमाडौंबाट निजगढ एकै घण्टामा पुग्न सकिने राष्ट्रिय गौरवको आयोजनाको माघ मसान्तसम्मको भौतिक प्रगति ३०.९६ प्रतिशत र आर्थिक प्रगति ३१.५७ प्रतिशत छ । रुख कटान, जग्गा अधिग्रहण र ठेक्का लगाउन बाधा नहुँदा परियोजना समयमै सकिने नेपाली सेनाले बताउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *