पत्रकारमाझ भक्कानिए रुसी फौजमा बेपत्ता भएकाका आफन्त (तस्बिर) – Nepal Press

पत्रकारमाझ भक्कानिए रुसी फौजमा बेपत्ता भएकाका आफन्त (तस्बिर)

काठमाडौं । रुसी फौजमा भर्नापछि बेपत्ता भएका नेपालीका आफन्त र परिवारले पत्रकार सम्मेलन गरेका छन् । उनीहरूले खोजीका लागि सरकारसमक्ष याचनासमेत गरे । पत्रकारसँग आफ्ना पीडा पोख्दापोख्दै उनीहरूले गहभरी आँशु पारेका छन् । आफ्नो कुरा खुलेर राख्न नसकेपछि पत्रकार सम्मेलन छिटो सकियो ।

रुसी फौजबाट भागेर दुई महिनाअगाडि आएका खोटाङका सुमन राईले रुसमा १५ हजार हाराहारी नेपाली रुसी सेनामा रहेको र ४०० बढीले ज्यान गुमाएको सुनाए । आफूले एक महिना १८ दिन काम गरेर फर्केको उनको भनाइ छ ।

पत्रकार सम्मेलन कृतु भण्डारीको अगुवाइमा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर