मलेसिया जाने श्रमिकलाई ठग्ने सेटिङको सम्झौता रद्द गर्न मेनपावर व्यवसायीको अल्टिमेटम (भिडिओ) – Nepal Press

मलेसिया जाने श्रमिकलाई ठग्ने सेटिङको सम्झौता रद्द गर्न मेनपावर व्यवसायीको अल्टिमेटम (भिडिओ)

काठमाडौं । मेनपावर व्यवसायी संघले वैदेशिक रोजगार बोर्ड र एफडब्लुडब्लुएमसी बीच भएको सम्झौता रद्द गर्न अल्टिमेटम दिएको छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती र मलेसियाको फरेक वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टरका तानासिलिनले गरेको सम्झौताको अवैधानिक भएको भन्दै व्यवसायीले रद्द गर्न माग गरेका हुन् ।

कल्याणकारी काम गर्ने भन्ने आवरणमा कामदारको व्यक्तिगत विवरण संकलनदेखि सबै काम समेटिएको सो सम्झौता जनवरी १ देखि लागू भएको भनिएको थियो । यो सम्झौता कार्यन्वयन हुने हो भने नेपाली कामदारको थाप्लोमा थप ४५ डलर अर्थात ६ हजार रूपैयाँ आर्थिक भार पर्नेछ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती हिजोबाट नै व्यवसायीसँग छलफल गर्ने भनेर भागेको आरोप लगाए ।

उनले भने, ‘उहाँसँग हामीसँग हिजो र आज छलफल गर्ने भन्नु भएको थियो । तर, २ पटक नै उहाँ भाग्नु भयो । आज हामीले बोर्डका निर्देशक टिकाराम ढकाललाई बैदेशिक रोजगार बोर्ड र एफडब्लूडब्लूएमसी बीच भएको सम्झौता रद्द गर्न भनेर अल्टिमेटम पात्र बुझाएका छौं । यो सम्झौता रद्द हुनुपर्छ ।’

‘वैदेशिक रोजगार बोर्ड कार्तिक २१ गते बसेको बैठकमा कल्याणकारी कार्यको लागि अख्तियारी दिने भन्ने सम्बन्धमा के विषय हो ? स्पष्ट नभई अख्तियारी दिन नसक्ने भन्ने धारणा राखेको थिए । बैठकमा उपस्थितहरूको हस्ताक्षर तोडमोड गरी निर्णय गरेको पाइयो । यसरी तोडमोड गरी रोजगार बोर्ड र एफडब्लूडब्लूएमसी बीच भएको सम्झौता तुरुन्तै खारेज हुनुपर्छ । यदी खारेज नभए तपाईँलाई बोर्ड कार्यकारी निर्देशकको भुमिका र पदिय दायित्वप्रति प्रश्न खडा हुनेछ,’ व्यवसायीले बुझाएको अल्टिमेटमा पत्रमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर