कोरियामा मौसमी कामदार पठाउने नाममा अधिकार क्षेत्रभन्दा बाहिर नजान स्थानीय तहलाई चेतावनी – Nepal Press

कोरियामा मौसमी कामदार पठाउने नाममा अधिकार क्षेत्रभन्दा बाहिर नजान स्थानीय तहलाई चेतावनी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियासँग धमाधम मौसमी कामदार पठाउने सम्झौता गर्ने स्थानीय तहलाई आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर नजान भन्दै सचेत गराएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहहरुले दक्षिण कोरियामा कामदार पठाउनका लागि समझदारी गर्ने र कामदार पठाउँदा सेवा शुल्क समेत उठाउने गरेको गरेको सञ्चारमाध्यममा समाचार आएकाे भन्दै अधिकार क्षेत्रभन्दा बाहिर नजान सचेत गराएको हो ।

मन्त्रालयले दक्षिण कोरिया पठाउनका लागि हालसम्म एक मात्र संस्था रोजगार अनुमति प्रणाली ‘ईपीएस’ मात्र रहेको र स्थानीय तहहरुलाई पत्राचार भएअनुरुप आफ्नो क्षेत्राधिकार भन्दा बाहिर नजान ध्यानाकर्षण गराएको छ ।

संविधान अनुसार वैदेशिक रोजगार व्यवस्थापन सङ्घीय सरकारको क्षेत्राधिकार रहेको भन्दै मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४, नियमावली, २०६४ ले गरेको प्रावधान अनुसार वैदेशिक रोजगारीमा जान अनिवार्य रुपमा नेपाल सरकारबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था भएको, मौसमी कामदारको सम्बन्धमा ‘मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९’ जारी गरिएको र दक्षिण कोरिया पठाउनका लागि जिम्मेवार संस्था हालसम्म रोजगार अनुमति प्रणाली मात्र रहेको जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर