४५ वर्षअघिको नेपाल भ्रमण सम्झिँदै महासचिव गुटेरेसले भने- यो सुन्दर देशले मलाई सधैं मोहित बनाउँछ (भिडिओ) – Nepal Press

४५ वर्षअघिको नेपाल भ्रमण सम्झिँदै महासचिव गुटेरेसले भने- यो सुन्दर देशले मलाई सधैं मोहित बनाउँछ (भिडिओ)

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टाेनियो गुटेरेसले आफू दोस्रोपटक नेपाल आएको भन्दै यो देशको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताएका छन् ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले आफू यसअघि सन् १९७८ मा पहिलो पटक नेपालमा आएको क्षणको स्मरणसमेत गरे ।

उनले नेपाल आफ्नो लागि सधैं उत्कृष्ट गन्तव्य रहेको बताउँदै लुम्बिनीबाट यसले शान्तिको सन्देश दिएको बताए । तर, शान्तिको देशले आफू सहभागी नभएको युद्धमा निर्दोष नागरिक गुमाएको भन्दै उनले पछिल्लो इजरायल घटनाको निन्दासमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर