इजरायल पुगेका विद्यार्थी भन्छन्- हामी नेपाल फर्किए मात्र सुरक्षित हुन्छौं – Nepal Press

इजरायल पुगेका विद्यार्थी भन्छन्- हामी नेपाल फर्किए मात्र सुरक्षित हुन्छौं

पोखरा । इजरायलमा अवस्था तनावग्रस्त बनेको छ । त्यहाँ पुगेका नेपालीहरू सुरक्षाका लागि सरकारसँग गुहार गरिरहेका छन् ।

१० जना नेपाली विद्यार्थीको मृत्यु भएपछि अवस्था झन् डरलाग्दो बन्दै गइरहेको छ ।

सरकारले उद्दारका लागि अहिलेसम्म कुनै ठोस कदम चाल्न सकेको छैन ।

कृषि वन विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरुन्चौर कास्कीका विद्यार्थी सुरज भण्डारी इजरायलमा रहेका नेपालीहरूको बारेमा र उद्धारको याचनासहित यस्तो भन्छन्

यहाँ चाहिँ निकै नै अप्ठ्यारो परिस्थिति छ अहिले । अब सुरक्षित स्थानको लागि भन्दै नेपालमा चाहिँ विज्ञप्ति देख्या हुन्छु । अब न्युज मिडियाले हालिराखेका हुन्छौँ । खासमा यहाँ सुरक्षित स्थान कुनै पनि छैन के । यो देश आफैमा सानो छ । यहाँ आक्रमण एक ठाउँबाट भएको छैन । आक्रमण गरिराखेका छन् । अनि हामीलाई कहाँबाट सुरक्षित हुन्छ ? हामीलाई नेपाल फर्किएपछि मात्र सुरक्षित छ । नत्र कहीँ पनि छैन ।

अहिलेलाई म बसेको फार्मचाहिँ केहि हदसम्म अलिकति ठूलै वार नभएको भएर चाहिँ अलिकति सुरक्षित फिल गरिरहेका छौँ । तर, यहाँ कति बेला के हुन्छ त्यो पनि थाहा छैन ।

अब हाम्रा साथीहरू एउटै कलेज, विश्वविद्यालयको अरू धेरै फार्ममा बाँडिएका छौँ । तिनीहरू भएको फार्मचाहिँ मैले यहाँबाट भिडियो कल गर्छु । के हुँदै छ भनेर सोध्छु । उनीहरूले सिधै बोल्दाखेरि उता पट्टिबाट बुटुटु साउन्ड आएको हुन्छ के । उनीहरू त्यो स्थितिमा बंकरभित्र बसिराखेको छ ।

कतिपय ठाउँमा छ गाजाको नजिकनजिक बंगरभित्र छिरेर पनि गोली हानेर मारेको पनि छ । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको त तपाईँहरूले थाहा पाइसक्नुभयो । त्यहाँ त ज्यानधनकै क्षति भइसकेको छ । हामीलाई हरेक कुराबाट मेन्टल्ली टायट बनाइसकेको छ । अब नेपाल सरकारले कुन तरिकाले जाने हो ।

अहिलेसम्म पनि केही रेस्पोन्स देखाएको छैन, प्रचण्ड सरकारबाट । कहिलेबाट रेस्पोन्स आउने हो त्यो पनि थाहा छैन । अर्को विकल्प पनि छैन । हामी प्लेन टिकट लिने अवस्था पनि छैन । हामी आफै गर्छु भनेर एर्पोटसम्म जाने अवस्था छैन । यहाँबाट आर्मीहरूले स्कटिङ गरेर लानुपर्ने हुन सक्छ । अथवा ग्रुपमा त्यो नगरीकन पनि सम्भव छैन । त्यो भएर हामीले यहाँ गर्ने भनेको चाहिँ थुचुक्क बस्ने बाहेक अरू अप्सन पनि छैन । न कहीँ जाम भन्ने छ न केही गरौँ भन्ने छ । त्यो भएर अवस्था साह्रै गाह्रो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर