कृषि विश्वविद्यालयबाट गएकामध्ये ३ फार्मका ३४ विद्यार्थी इजरायलको युद्ध क्षेत्रमा, बङ्करबाट अपील- हामीलाई बचाउनुस् – Nepal Press

कृषि विश्वविद्यालयबाट गएकामध्ये ३ फार्मका ३४ विद्यार्थी इजरायलको युद्ध क्षेत्रमा, बङ्करबाट अपील- हामीलाई बचाउनुस्

चितवन । चितवनस्थित कृषि तथा वन विश्वविद्यालय रामपुरबाट इजरायलको कृषि फार्ममा गएका मध्ये ३४ जना विद्यार्थी हमासले आक्रमण गरेको युद्ध प्रभावित क्षेत्रमा फसेका छन् ।

विश्वविद्यालयबाट गएका सात कृषि फार्म मध्ये सोरासिम, साइड निटसन, रोगोलस्काइ कृषि फार्ममा गएका ३४ जना विद्यार्थी जोखिममा परेका कृषि तथा वन विश्वविद्यालयको योजना निर्देशनालयका निर्देशक शिवचन्द्र ढकालले जानकारी दिए ।

उनीहरुको गोपनीयताको कारण विश्वविद्यालयले विद्यार्थीको नाम भने सार्वजनिक गरेको छैन ।

निर्देशक ढकालका अनुसार विद्यार्थीहरु तीन समूहमा फरक फरक बंकरमा राखिएको छ ।

उनीहरुलाई उद्धार गर्ने टोली पनि त्यहाँ पुगेका छैनन् । उनीहरु न्जिकै रहेका कोठाबाट पानी र ड्राइ फुड खाएर ज्यान धानिरहेका छन् ।

ढकालले हरेक समूहका एक एक जनासँग विश्वविद्यालय टीम सम्पर्कमा रहेका जानकारी दिए ।

आज साँझ सुरक्षित स्थलमा जानको लागि झोला प्याक गर्न भनिएपनि पुनः सुरक्षा संयन्त्रले बाहिर निस्किए जीउकै जोखिम हुने भन्दै बाहिर निस्किनुभन्दा बंकर भित्रै बस्न सुरक्षित रहेको सूचना निकालेपछि उनीहरु उद्धार टोली कुरेर बसिरहेका छन् ।

‘विश्वविद्यालयबाट हरेक टीमका एक एक जनासँग सम्पर्कमा छौँ’, ढकालले भने, ‘३४ जना विद्यार्थी उनीहरु बंकरभित्र ज्यान बचाउने अपिलमा बसिरहेका छन् । उनीहरुसम्म स्थानीय उद्धार टोली पुगेको सूचना अहिलेसम्म आएको छैन ।’

कृषि विश्वविद्यालयकै जिम्मेवार पदमा बसेका व्यक्ति तथा विद्यार्थीले युद्धरत क्षेत्रमा फसेका विद्यार्थीलाई फिर्ता ल्याउन भन्दै सामाजिक सञ्जालमा रकम संकलन अभियान चलाएका छन् ।

ढकाल भने मुख्य कुरा बंकरमा फसेका विद्यार्थीलाई सुरक्षित स्थानमा ल्याउनु रहेको बताउँछन् । सामाजिक सञ्जालमा विश्वविद्यालयसँग पैसा नभएर उद्दार नगरेझैँ रकम संकलन अभियान चलाउनु गलत भएको बताउँदै उनीहरुलाई सुरक्षित स्थानमा पुर्याउन सके तत्कालै नेपाल ल्याउन सकिने पनि उनले जानकारी दिए ।

गत भदौ १६ गते सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि तथा वन विश्वविद्यालयका अन्तिम वर्षका १ सय १९ जना विद्यार्थी इजरायल उँडेका हुन् । उनीहरु ११ महिनाको लागि इजरायल गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर