इजरायलमा हमासको आक्रमणमा ९ नेपाली घाइते, २ जनाको अवस्था गम्भीर : परराष्ट्र मन्त्रालय – Nepal Press

इजरायलमा हमासको आक्रमणमा ९ नेपाली घाइते, २ जनाको अवस्था गम्भीर : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा ९ जना घाइते भएको जनाएको छ । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको छ ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार गम्भीर घाइते २ जना दार्चुला र बझाङका हुन् । अन्य घाइते पनि सुदुरपश्चिम विश्वविधालयबाट इजरायल गएका कृषि फर्ममा काम गर्ने व्यक्ति रहेको बताइएको छ । १४ जन सो फर्ममा रहेकोमा ९ जना घाइते भएका हुन् ।

इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले सबै नेपाली नागरिककाे सुरक्षा, उद्धार, उपचार र सकुशल घर फिर्तिका लागि कूटनीतिक पहल तीब्र पारेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर