जिम्मेवारी पाउँदा देश हाँक्न सकिन्छ, कम्युनिष्टबाहेक अरु पार्टीले सक्दैनन्: माधव नेपाल (भिडिओ) – Nepal Press

जिम्मेवारी पाउँदा देश हाँक्न सकिन्छ, कम्युनिष्टबाहेक अरु पार्टीले सक्दैनन्: माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देश हाँक्ने जिम्मेवारी पाउँदा आफूले देश र जनताको पक्षमा काम गर्नसक्ने दाबी गरेका छन् ।

झापाबाट पार्टीको समाजवादी जागरण अभियानको आइतबार उद्घाटन गर्दै उनले सरकारले जनताको पक्षमा काम गर्नसक्नुपर्ने बताए ।

उनले भने, ‘देश हाँक्ने जिम्मेवारी पाउँदा राम्रो काम गर्नुपर्छ । गर्न सकिन्छ पनि । अहिलेको सरकारलाई हामी भन्न चाहन्छौं, जनताको समस्या र पिरमर्कालाई पहिलो महत्व देओस् । सरकार भनेकै जनताको लागि हो । जनताको लागि कुनै काम गर्दैन भने त्यो सरकारको कुनै काम हुँदैन । सरकारले प्रधानमन्त्री र मन्त्रीहरुले जनताको पीडालाई वास्ता गर्दैनन् भने त्यो सरकारको काम छैन ।’

उनले कम्युनिष्ट पार्टीबाहेक अरु कसैले देश हाँक्नसक्ने पार्टी नजन्मेको दाबी गरे ।

युवालाई रोजगार, कृषि उत्पादनमा जोडलगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्दै अघि बढ्ने उद्देश्यले जागरण अभियान थालनी गरेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर