इन्द्रजात्रा: यस्तो देखियो जीवित देवी कुमारीको रथयात्रा (तस्बिरहरु/भिडिओ) – Nepal Press

इन्द्रजात्रा: यस्तो देखियो जीवित देवी कुमारीको रथयात्रा (तस्बिरहरु/भिडिओ)

काठमाडौं । इन्द्रजात्रा पर्वअन्तर्गत जीवित देवी कुमारीको रथयात्रा शुरू भएको छ । रथयात्रा हेर्न सर्वसाधरणदेखि विशिष्ट व्यक्तिहरुकाे वसन्तपुर  भीड लागेकाे थियाे ।

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका  थिए ।

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए ।

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्री, सांसद, प्रदेशसभा सदस्य, काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल गद्दी बैठकसम्म गएका थिए । उनीहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका थिए।

शुक्रबार माथिल्लो टोलमा रथयात्रा गरिने

असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका पुगेर टीकाप्रसाद ग्रहणपछि कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज १५ गते सोमबार राति ८:३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बागमती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान भएको छ । बाजागाजासहित कुमारीको रथारोहन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर