डाक्टरको आन्दोलनमा प्रहरी हस्तक्षेप (तस्बिरहरू) – Nepal Press

डाक्टरको आन्दोलनमा प्रहरी हस्तक्षेप (तस्बिरहरू)

काठमाडौं । सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरमा भेला भएका डाक्टर बानेश्वर आउने क्रममा बबरमहलको मुख्य सडकमा निस्किन खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । सोक्रममा डाक्टर-प्रहरीबीच ठेलमठेल भएको छ ।

चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गर्दै रेजिडेन्ट एसोसिएसन आफ न्याम्सलगायत प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले जेल विथ आउट वेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगाएका नारा लगाएका थिए । उपचारका क्रममा डाक्टरहरु कुटिनु दु:खद कुरा भएको भन्दै आफ्नो सुरक्षाको ग्यारेन्टीका साथै माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूको अडान छ ।

पोखराको मणिपाल अस्पताल, हेटौंडालगायतका स्थानमा सहकर्मीमाथि हातपात भएपछि डाक्टर आन्दोलित भएका छ्न् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर