सरकारसँगको सम्झौताले राहत शिक्षकलाई ‘आहत’- सडकमै सुतेर विरोध प्रदर्शन (तस्बिरहरू/भिडिओ) – Nepal Press

सरकारसँगको सम्झौताले राहत शिक्षकलाई ‘आहत’- सडकमै सुतेर विरोध प्रदर्शन (तस्बिरहरू/भिडिओ)

काठमाडौं । सरकारसँग भएको ७ बुँदे सहमति अमान्य रहेको भन्दै राहतका शिक्षकले आन्दोलन जारी राखेका छन् । सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफ्नो माग समाधान नगरेको भन्दै आन्दोलन नरोकेका उनीहरूले आज बबरमहल-माइतीघर सडकमा सुतेर विरोध जनाए ।

बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित भएर आन्दोलन गरिरहेका थिए । तर, सरकारसँगको सहमतिमा आफ्ना एजेण्डा सुनुवाइ नभएको भन्दै उनीहरू महासंघसँग रिसाएका हुन् । त्यसैले राहत शिक्षक भने कार्यक्षेत्र नफर्की आन्दोलनमै होमिएका हुन् ।

सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नगरेपछि आन्दोलन जारी राखेको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने आफूहरूको माग रहेको उनीहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर