एनआरएनएको उपाध्यक्षमा बेलायतबाट सिम्खडाको उम्मेदवारी, यस्तो छ रामशरणको योगदान – Nepal Press

एनआरएनएको उपाध्यक्षमा बेलायतबाट सिम्खडाको उम्मेदवारी, यस्तो छ रामशरणको योगदान

काठमाडौं । गैर आवासीय नेपाली संघ बेलायतकाे ११ औं  अन्तर्राष्ट्रिय महाधिवेशनको उपाध्यक्षमा राम शरण सिम्खडाले उम्मेदवारी दिएका छन् । अक्टाेबर  १७ देखि २० तारिखमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनकाे निर्वाचनमा उपाध्यक्षका लागि सिम्खडाले उम्मेदवारी दिएका हुन् ।

गैर आवासीय नेपाली संघभित्र विमति, असमझदारी, विकृति लगायतका चुनौतिहरुको सामना गर्न र सबैले सोचेजस्तो सुन्दर संस्था निर्माण गरी योगदान दिन आफू लालायित रहेकोले यस पटकको महाधिवेशनमा उपाध्यक्षमा प्रत्यासी रहेको उनले जानकारी गराए।

बेलायतको नेपाली डायस्पोरामा एउटा छुट्टै पहिचान र परिचय बोकेको नाम हो राम शरण सिम्खडा । सन् २००१ मा बेलायत बसाई सरेपछि पनि नेपालकै पदचाप पछ्याउंदै सामाजिक जमघट, सरसहयोग र आत्मियता लाई उनले भुल्न सकेनन, त्यसले विदेशिएका नेपालीहरुलाई एउटा मालामा जोडेर प्रवासीएका जनशक्तिले विदेशमा आफूले हासिल गरेको ज्ञान, शिप, दक्षता र पुजीलाई मातृभूमिको सम्वृद्धिको लागि प्रयोग गर्दै नेपालको आर्थिक विकास गर्न लगानी भित्राउने उद्देश्यले स्थापित गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद बेलायतको स्थापना गर्न राम शरण सिम्खडा अग्रणू भुमिकामा रहे ।

गैर आवासीय नेपाली संघ बेलायतको शुरुवाती दिनहरुलाई कसरी सम्झन्छन् भन्ने प्रश्नको जवाफमा सिम्खडा भन्छन्, ‘नेपालमै रहँदा अन्तर्राष्ट्रिय दातृ संस्थाको दशकौ र संघ संस्थाहरुको राष्ट्रिय संजालमा केही वर्ष काम गरेको अनुभवले बेलायत आएदेखि नै यस्ता संजालहरुमा आबद्धताप्रति अभिरुची रह्यो – आपसी भाईचारासँगै नेपालसँग जोडिने र संसारभरी संजाल बिस्तार गर्ने यस संस्थाको लक्ष्यले झनै आकर्षित गर्यो ।’ शुरुका दिनमा पनि एनआरएनमा लाग्ने भनेको लगानी गर्न सक्ने, धनाढय र मनग्ये खर्च गर्न सक्ने हुनुपर्छ भने कमजोर बुझाईले अध्यक्ष बनिदिन अनुरोध गर्दै चिरन्जिबी ढकाल र उनी धेरै ब्यापारी तथा कुलिन घरानाको ढोका चहारेको तितो यथार्थ सम्झिन्छन उनी ।

सन २०११ मा गैर आवासीय नेपाली संघ बेलायतको राष्ट्रिय संयोजक (हालको महासचिव) पदमा आफ्नो अत्यन्तै सफल कार्यभार सम्हालेपछि कार्यकारी रुपमा २०१७- २०१९ मा गैर आवासीय नेपाली संघ बेलायतको तर्फबाट आइसीसी सदस्य भएका सिम्खडा त्यस कार्यकालमा परोपकार तथा मानबिय सहयोग बिभागको सदस्य सचिव भइ काम गरे । २०१९-२१ कार्यकालमा केन्द्रीय नीति निर्माण समितिको संयोजक रहे ।

राष्ट्रिय परिषद र अन्तर्राष्ट्रिय परिषद्बीचको सम्बन्धमा कस्तो खाडल छ भनेर जिज्ञाशा राख्दा भन्छन्,‘ आईसीसी ले एनसीसीलाई चिनेको तर माया नगरेको अवस्था हो – यो तौर तरिकाले संगठन लामो समय टिक्न सक्दैन । हाम्रो कार्यशैली, जन अपेक्षा र धरातलीय अवस्थाको शुष्म मुल्याङ्कन गर्दै २१औँ शताब्दी सुहाउँदो सांगठनिक संरचना र कार्यशैली अपनाए मात्र यो संगठन दिगो र भरपर्दो हुनेछ।’

गैर आवासीय नेपाली संघ भित्र मौलाउँदै गएको विकृति र स्वार्थको कारण २०२१-२३ को कार्यकालले जम्बो टिम निर्माण गर्नुपर्यो, संसारभर छरिएर रहेका पंजीकृत सदस्यहरुमा नैराश्यता छायो । तर यहि कार्यकालमा उपमहासचिवको जिम्मेवारी सम्हालेका सिम्खडा ।

यस कार्यकालमा गैर आवासीय नेपाली संघले गरेका महत्वपुर्ण कामहरु यसरी सम्झन्छन्, ‘हो हामीले संस्थालाई शिर देखि तिरै सम्म २ भागमा फुटाउनु भन्दा गाली नै सहौला, आलोचनाको बाढी नै आउछ भन्ने थाहा हुँदा हुँदै पनि बिष निलेर निलकण्ठ बनौँ तर संस्था दुईचिरा हुन नदिऔँ भनेर बहुपदिय अबधारणामा गयौँ र अहसज हुँदा हुँदै पनि स्वीकार्यौ तर यसै बीचमा पनि एनआरएनका केही थातिरहेको मुद्दाहरुले यसै कार्यकालमा मुर्तरुप पाएको छ ।

प्रत्येक बैठकका बिषयबस्तुमा अध्ययन र तर्कसहित प्रस्तुत हुने उनी यूके महासचिब हुँदा उनैको सोच र पहलमा स्थापित पत्रकारिता पुरस्कार लगायत च्यारिटीका कामबाट समेत बेलायत लगायत अन्तर्राष्ट्रिय जगतमा परिचित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *