सामाजिक सञ्जालले आत्महत्या गराउने भो, नियमन गर्ने नियमावली ल्याउँदैछौं : सञ्चारमन्त्री शर्मा (भिडिओ)


काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल नियमन गर्ने नियमावली ल्याउन लागेको बताएकी छन् ।
भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सामाजिक सञ्चालनमा पशुपतिको जलहरी प्रकरणमा केपी ओलीलाई पुरै जिउभरी सुन लगाइदिएको र प्रधानमन्त्री भारतबाट फर्किँदा भैंसी चढाएको फोटोप्रति असन्तुष्टि जनाइन् ।
उनले भनिन्, ‘सामाजिक सञ्चालनको कारणले कतिपय सामान्य मान्छेहरु त सुसाइट गर्ने अवस्थामा पुगेका छन् । त्यसैले अहिले हामीले सामाजिक सञ्जालको नियमन गर्ने विषयमा छलफल गरिरहेका छौं । अहिलेसम्म टेक्ने कानून छैन कसरी व्यवस्थित गर्ने भन्नेृबारे यसलाई नियमावली बनाएरै भएपनि हामी व्ववस्थित गछौं ।’