सुन प्रकरण : उच्चस्तरीय छानबिन समितिको माग राख्दै राष्ट्रियसभामा एमालेको अवरोध, बैठक स्थगित – Nepal Press

सुन प्रकरण : उच्चस्तरीय छानबिन समितिको माग राख्दै राष्ट्रियसभामा एमालेको अवरोध, बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठकको बैठकमा नेकपा एमालेले सदन अवरोध गरेको छ।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गरेको हो।

सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न नदिने सांसद दिलकुमारी रावलले अडान सुनाइन्।

यसअघिका प्रकरणमा भएको छानबिनको स्मरण गराउँदै सरकारले तत्काल उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म अवरोध कायम रहने बताइन्।

एमालेलाई अवरोध हटाएर जान राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले पटक पटक आग्रह गर्दा पनि एमालेका सांसदहरू अडानबाट पछि हटेनन्।

यता प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोध गर्दै आइरहेको छ।

अवरोध हटाउन सभामुख देवराज घिमिरेले तीन ठूला दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।

राष्ट्रियसभाको अध्यक्ष तिमल्सिनाले पनि आजकै बैठकबाट समस्याको निकास निकाल्न सदनको रोष्ट्रमबाट शीर्ष नेताहरुलाई ध्यानाकर्षण समेत गराए।

तर, एमालेले अवरोध कायम राखेपछि साउन २४ गते बुधबार १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर