सिद्धबाबा सुरूङमार्ग नजिकै गुडिरहेको जीप ढुंगाले च्यापियो, तीन जना घाइते – Nepal Press

सिद्धबाबा सुरूङमार्ग नजिकै गुडिरहेको जीप ढुंगाले च्यापियो, तीन जना घाइते

रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा सडकको सिद्धबाबामा सडकमाथिबाट ढुङ्गा खसेर जीपमा लाग्दा ३ जना घाइते भएका छन् ।

तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्धबाबा नजिकै हेड बक्सनिर गुडिरहेको जीपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । यो सिद्धबाबा सुरूङमार्गको माथिल्लो रिप नजिकैको भाग हो ।

बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको अवस्थामा माथिबाट एक्कासि ढुङ्गा खस्दा लु २ च २८४९ नम्बरको जीपमाथि खस्दा चालकसहित ३ जना घाइते भएका हुन् ।

उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बिहान करिब साढे ६ बजे घटना भएको हो ।

सडक भने हाल सुचारु नै रहेको ट्राफिक प्रहरीले जनाएको छ । सुरूङमार्गका दुवै तर्फका मुख्य द्वार यसअघि नै पहिरोले पुरिसकेको छ भने दुवै तर्फ माथिबाट पहिरो झरिरहेको छ ।

प्राविधिकको सल्लाहबिना ठेकेदार कम्पनीले वर्षाको समयमा काम थालेकाले बढी क्षति भएको आयोजना कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर