नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल साेमबार ‘ब्रेक थ्रू’ हुँदै – Nepal Press

नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल साेमबार ‘ब्रेक थ्रू’ हुँदै

काठमाडौं । नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ ।

२०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको छ । आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यू टनेलको काम बाँकि रहेको छ ।

सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग बैदेशिक महाशाखाका प्रमुख बिजय जैसीले बताउनुभएको छ । ‘साउन २२ गते दिउँसो रेस्क्यू टनेल ब्रेक थ्रू हुँदैछ’ जैसीले भने ।

२.५ किलोमिटर रहेको नागढुंगा–नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र बाँकी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर