राष्ट्रिय युवा सङ्घद्वारा कञ्चनपुरमा वृक्षारोपण


कैलाली । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल कञ्चनपुर जिल्ला कमिटीको जिल्लामा वृक्षारोपण गरेको छ । जिल्लाको भिमदत्त नगरपालिका वार्ड नं ९ मटैना स्थित बैजनाथ सामुदायिक बन भित्र ३०० बिरुवा रोपिएको हो ।
नेकपा एमाले पोलिटब्युरो सदस्यहरू राजेन्द्र रावल, नारदमुनि राना निरु पाल, केन्द्रीय सदस्य कृपा राम राना, पूर्व सांसद दीपक प्रकाश भट्ट, राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थितिमा विभिन्न जातका बिरुवा रोपिएको हो ।
राष्ट्रिय युवा सङ्घको केन्द्रीय कार्यक्रम एक युवा पाँच बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत कञ्चनपुरमा वृक्षारोपण गरिएको हो ।