सत्ता गठबन्धन र सुदूरपश्चिम सरकारबीच वार्ता, फुक्ला त बजेट विरोधको गाँठो ? – Nepal Press

सत्ता गठबन्धन र सुदूरपश्चिम सरकारबीच वार्ता, फुक्ला त बजेट विरोधको गाँठो ?

कैलाली । बजेट पारित गर्न नसक्ने निर्णय गरेलगत्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता गठबन्धनका तीन दलसँग वार्ता गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालयमा बसेको नागरिक उन्मुक्ति, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेटमा समर्थन गर्न नसकिने निर्णय गरेका थिए । त्यसलगत्तै तीन दलका नेता, प्रमुख सचेतक र सांसदहरूलाई मुख्यमन्त्री कार्यालयमा वार्ताका लागि मुख्यमन्त्री शाहले बोलाएका हुन् ।

सरकारको तर्फबाट वार्तामा मुख्यमन्त्री शाहसहित आर्थिक मामिलामन्त्री नरेशबहादुर शाही र सामाजिक विकासमन्त्री झपट साउद छन् । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी पनि बैठकमा सहभागी छन् ।

बैठकमा माओवादी संसदीय दलका नेता खगराज भट्ट, प्रमुख सचेतक मानबहादुर धामी, सांसद शिवसिंह ओली र अक्कल रावल छन् । नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरी र सांसदहरू रामेश्वर चौधरी तथा कैलाश चौधरी छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी र प्रमुख सचेतक छन् । बैठकमा कांग्रेसका प्रमुख सचेतक विक्रम धामी पनि सहभागी छन् ।

अहिले बजेटमा विषयमा उपस्थित सांसदहरूले मुख्यमन्त्रीलगायतका मन्त्रीहरूलाई गुनासो गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर