राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद् अवरोध गर्ने अडान कायमै – Nepal Press

राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद् अवरोध गर्ने अडान कायमै

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ ।  संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।

हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजे बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाइएको थियो । सो बैठक पनि सञ्चालन हुन नसके पछि आजका लागि बैठक बोलाइएको हो ।

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिव्यक्ति दिए पछि प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए ।

उनीहरूले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने अडान कायमै राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर