सरकारले भन्यो- माधव नेपाल बुढानीलकण्ठ जाँदैमा गठबन्धन धर्मराउँदैन, पर्याप्त बहुमत छ – Nepal Press

सरकारले भन्यो- माधव नेपाल बुढानीलकण्ठ जाँदैमा गठबन्धन धर्मराउँदैन, पर्याप्त बहुमत छ

देशको आर्थिक अवस्था कमजोर हुँदा कर्मचारीको तलब बढाउन सकेनौँ

काठमाडौं । सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले सत्तारुढ दलका नेता माधव नेपाल प्रतिपक्ष दलको बैठकमा सहभागी हुँदैमा सरकारलाई कुनै असर नगर्ने दाबी गरेकी छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने आयोजित पत्रकार सम्मेलनमा सरकारसँग गणितीय हिसाबले पर्याप्त बहुमत रहेको बताइन्।

उनले भनिन्, ‘सत्तारूढ दलको नेता प्रतिपक्ष दलको बैठकमा गएको कुरा आएको छ। मधेश प्रदेश सरकार गठनको विषयमा छलफल गर्न बोलाएकाले गएको भन्ने कुरा बाहिर आएको छ। अब वास्तविकता के हो ? सम्बन्धित दल र नेतृत्वले जान्ने कुरा हो। यही कारणले गठबन्धन तलमाथि हुन्छ कि धर्मराउँछ कि भन्ने समस्या छैन। सरकार गणितीय संख्याको हिसाबले विश्वासको मत प्राप्त गरेका छौँ। आवश्यक मतभन्दा धेरै मत प्राप्त भएको छ।’

उनले यही कारणले गठबन्धन केही भइहाल्छ किन भन्ने स्थिति नभएको भन्दै सरकारमा कुनै समस्या नभएको बताइन्।

यस्तै, उनले देशको आर्थिक स्थिति कमजोर भएकै कारणले सरकारले यस वर्ष कर्मचारीको तलब नबढाएको बताइन्।

उनले भनिन्, ‘सरकारले बजेट ल्याएपछि कर्मचारीको तलब वृद्धि भएन। देशको आर्थिक अवस्थाको कारणले तलब वृद्धि नभएको हो। भ्रष्टाचार तलब धेरै हुँदा नहुने र थोरै हुँदा हुने होइन त्यो प्रवृत्तिमा भर पर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर