गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धकद्वय कोइराला र उपाध्यायसहित ४ जनालाई सफाइ – Nepal Press

गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धकद्वय कोइराला र उपाध्यायसहित ४ जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धकद्वय सुशील कोइराला र बसन्तप्रकाश उपाध्यायसहित चारै जनालाई सफाइ दिएको छ ।

कागज खरिद हिनामिनामा तत्कालीन अर्थ निर्देशक रामसुन्दर चौधरी र कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङका सञ्चालक दीपककुमार भंसालविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

श्रीकान्त पौडेल र बलभद्र बास्तोलाको इजलासले चारै जनालाई सफाइ दिएको हो । उक्त मुद्दामा सोमबारदेखि फैसला बहस सुरु भएको थियो । मुद्दामा प्रतिवादीका तर्फबाट विकास भट्टराइ र विशाल उपाध्यायले बहस गरेका थिए ।

आरोपीविरुद्ध २६ लाख १६ हजार १० रुपैयाँ बिगो माग गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *