बाजुरा मतगणना: प्रतिनिधिसभामा कांग्रेसले अग्रता बढाउँदा प्रदेशमा एमाले र नेकपा एस अघि


कैलाली । बाजुरामा मत गणना जारी छ । अहिले सम्म प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता बनाइरहेका छन् ।
पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्दा एमालेका कर्ण थापाले ३ हजार९९४ मत प्राप्त गरेका छन् । उनीहरुबीच १ हजार ११२ मतको अन्तर छ ।
यता प्रदेश सभामा २ भने काङ्ग्रेसकै पदम बहादुर थापालाई पछि पार्दै एमालेका लाल बहादुर थापा अघि बढेका छन् । शाहीले १ हजार २ मत पाउँदा थापाको १ हजार ३५२ मत छ । दुबैबीच ३५०को मतान्तर छ ।
प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका नरेश शाहीले सुरुवाती अग्रता बनाइरहेका छन् । उनलाई एमालेका बलदेव रेग्मीले पच्छाइरहेका छन् । शाहीको २ हजार ६६४ मत पुग्दा रेग्मीले १ हजार १२७ मत पाएका छन् ।
रेग्मी १ हजार५३७ ले पछि परेका छन् । मङ्सिर ४ गते धाँधली भएको भन्दै रोकिएको मत गणना निर्वाचन आयोगको निर्णय पछि हिजो साँझबाट सुरु भएको थियो ।