स्याङ्जा–२ मा धनराज गुरुङले लिए अग्रता – Nepal Press

स्याङ्जा–२ मा धनराज गुरुङले लिए अग्रता

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि पारेका हुन् ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले ३ हजार ९०१ एक मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अर्यालले ३ हजार २४७ मत पाएकी छन् । हालसम्म अर्यालले गल्याङ नगरपालिका–६ बाट पाँच सय ७२, वडा नं ७ बाट एक हजार तीन सय नौ, भीरकोट नगरपालिका–५ बाट चार सय २३, वडा नं ६ बाट तीन सय ४४ र वडा नं ७ बाट दुई सय ७२ मत प्राप्त गरेकी छन् ।

यस्तै कांग्रेस उम्मेदवार गुरुङले गल्याङ नगरपालिका–६ बाट चार सय ३८ र वडा नं ७ बाट चार सय ४२ तथा भीरकोट नगरपालिका–५ बाट आठ सय २३, वडा नं ६ बाट पाँच सय एक र वडा नं ७ बाट सात सय पाँच मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच सय ८९ मतसहित तेस्रो स्थानमा छन्।

स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६ र ७ को मतगणना सकिएको छ । यहाँ कूल छ हजार ८२६ मत खसेको थियो । यसमध्ये छ हजार ५९६ मत सदर भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर