स्कुलको बसबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किए घाइते भएका बालकको मृत्यु – Nepal Press

स्कुलको बसबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किए घाइते भएका बालकको मृत्यु

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको राति मृत्यु भएको छ ।

हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालले बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *