जग्गा नापजाँच रोक्न कृष्णपुर नपालाई निर्वाचन आयोगको निर्देशन – Nepal Press

जग्गा नापजाँच रोक्न कृष्णपुर नपालाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिताविपरीत राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणका लागि जग्गा नापजाँच भइरहेको भन्दै आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

जिल्ला निर्वाचन कार्यालयलाई समेत जानकारी दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि भनेको छ ।

‘आयोगबाट यसपूर्व नै प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गर्न भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्देशन दिने निर्णय’ भएको तथा त्यसबारे भूमि आयोगलाई पत्राचारसमेत भइसकेको उल्लेख गरिएको छ ।

स्पष्टीकरणपत्रमा भनिएको छ, ‘त्यस नगरपालिकाले समेत आफू र आफ्नो मातहतबाट भइरहेका जग्गा नापजाँचलगायतका कार्यहरु तत्काल स्थगित गरी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म उक्त कार्यहरु नगर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्देशन दिइएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *