सन्दीपको बयान जारी, थुनछेक आदेश न्यायाधीश घिमिरेले गर्ने – Nepal Press

सन्दीपको बयान जारी, थुनछेक आदेश न्यायाधीश घिमिरेले गर्ने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणी सम्बन्धी मुद्दाको थुनछेक आदेश न्यायाधीश माधवप्रसाद घिमिरेले गर्ने भएका छन्। घिमिरेको इजलासमा अहिले सन्दीपको बयान भइरहेको छ।

बयान सकिएपछि सोही इजलासले बहस सुनेर थुनछेक आदेश गर्ने छ। फैसला हुँदासम्म घिमिरे काठमाडौं जिल्ला अदालतमै रहेमा उनैले फैसला पनि गर्नेछन्।

सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।

सन्दीपविरुद्ध एक १७ वर्षीय युवतीले बलात्कारको आरोप लगाएकी थिइन्।

साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा थुनछेक आदेश हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *