प्रचण्डपत्नी सीता दाहाल १५ दिनपछि अस्पतालबाट डिस्चार्ज – Nepal Press

प्रचण्डपत्नी सीता दाहाल १५ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

मेडिसीटी अस्पतालमा भर्ना भएको १५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो ।

स्वास्थ्यमा सुधार आएपछि सोमबार डिस्चार्ज गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘१५ दिनको हस्पिटल बसाइपछि स्वास्थ्यलाभको कामना गर्नुहुने शुभेच्छुकहरूको माया र आशीर्वादले ममीको स्वास्थ्यमा सुधार आई आज फेरि डिस्चार्ज गरी घर ल्याइएको छ । सम्पूर्ण शुभेच्छुकहरूमा आभारसहित धेरै धेरै धन्यवाद ।’

सीता लामो समयदेखि प्रोग्रसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) लगायत रोगबाट पीडित छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर