सहमति उल्लंघन गरेपछि डडेल्धुरामा एमालेले तोड्यो बीपी कांग्रेससँग चुनावी तालमेल – Nepal Press

सहमति उल्लंघन गरेपछि डडेल्धुरामा एमालेले तोड्यो बीपी कांग्रेससँग चुनावी तालमेल

काठमाडौं । नेकपा एमाले डडेल्धुराले नेपाली कांग्रेस (बीपी)सँग चुनावी तालमेल तोडेको छ । बीपी कांग्रेसले सहमति उल्लंघन गरेको भन्दै एमालेले तालमेल नगर्ने भएको हो ।

डडेल्धुरा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ कांग्रेस (बीपी)लाई र प्रदेशसभा तर्फ भने १ र २ दुवै निर्वाचन क्षेत्रमा एमालेलाई दिने सहमति भएको थियो । तर प्रदेश २ मा स्वतन्त्र उम्मेदवारलाई बीपी कांग्रेसलाई तालमेल गरेपछि एमाले रुष्ट बनेको हो ।

एमाले डडेल्धुरा अध्यक्ष प्रकाश बहादुर साउदले एक विज्ञप्ति जारी गर्दै आज बसेको जिल्ला समितिको बैठकले निर्वाचन एकलरुपमै सहभागी हुने निर्णय गरेको जानकारी दिए ।

एमालेले डडेल्धुरा प्रदेशसभा क्षेत्र नं. १ मा पठान सिंह बोहरा र प्रदेशसभा क्षे नं. २ मा गजेन्द्र बहादुर शाही तथा समानुपातिकमा आफ्नो पार्टीमा मतदान गर्न आग्रह पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर