पूर्वएसएसपी कांग्रेसका सर्वसम्मत उम्मेदवार सिफारिस – Nepal Press

पूर्वएसएसपी कांग्रेसका सर्वसम्मत उम्मेदवार सिफारिस

रूपन्देही । नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र न २ को प्रदेश ‘क’ बाट नेपाल प्रहरीका पूर्व एसएसपी विक्रम थापाको एकल नाम सिफारिस गरेको छ ।

कांग्रेस क्षेत्र न २ ‘क’ को बैठकले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत थापालाई प्रदेशमा सर्वसम्मत रूपमा सिफारिस गरेको सचिव पवन थारूले बताए ।

यस्तै सो क्षेत्रबाट समानुपातिकतर्फ मिना केसी जवारलाल थारुको नाम सिफारिस गरेको छ । काँग्रेस क्षेत्रीय समितिले उम्मेदवारको नाम जिल्लामा पठाउने छ । थापा कांग्रेस लुम्बिनी प्रदेशका कार्यसमिति सदस्य हुन् । नेपाल प्रहरीमा रहँदा राम्रो छवि बनाएकाले थापाले कांग्रेस प्रदेश महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर जितेका थिए ।

गठबन्धन दलमा नेकपा एसले दावी गरेको यो क्षेत्र कांग्रेसको संगठन बलियो भएपनि थापा यहाँको स्थानीय नभएकोले उनलाई जित्न कठिन हुने गठबन्धन दलमै रहेका नेताले टिप्पणी गर्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर