मन्त्रालयको जिम्मेवारी सम्हाल्दै दीपक मनाङेले भने- यस्तै भए २० पटक मन्त्री बन्छु (भिडिओ) – Nepal Press

मन्त्रालयको जिम्मेवारी सम्हाल्दै दीपक मनाङेले भने- यस्तै भए २० पटक मन्त्री बन्छु (भिडिओ)

पोखरा । गण्डकी प्रदेशमा छैटौंपटक मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) ले यस्तै अवस्था भए २० पटकसम्म मन्त्री बन्ने बताएका छन् । मंगलबार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका मनाङेले केन्द्रको निर्णयअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका हुन् ।

‘यो समस्या यहाँको होइन, केन्द्रको हो । कांग्रेसको पार्टी सभापतिले अरू पार्टीसँग भोट मागेपछि केन्द्रमा निर्णय भयो । यहाँ सांसदहरूले भोट हालेका हुन् । यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नुपर्ने हुन सक्छ,’ उनले भने ।

मनाङेले मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि कांग्रेस नेतृत्वको सरकारलाई रोजेको सुनाए ।

‘मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि मैले छोडेको हुँ । लामो राजनीति गर्नु भन्दा यही कार्यकाल राम्रो राजनीति गरौँ भन्ने लाग्यो । राम्रोसँग काम गरे आफ्नो जिल्ला त बनिहाल्छ,’ उनले भने ।

मनाङेले थपे, ‘एमालेलाई सपोर्ट गर्दा कांग्रेस रिसाउँदो रहेछ, कांग्रेसलाई सहयोग गर्दा फेरि एमाले रिसाउँदो रहेछ । फस्ने त हामी भयौँ नि ! हामीले केही गल्ती नै गरेको छैन । फुटेको उनीहरू हो, म कहिल्यै फुटेको छु र ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर