संविधानसभा सदस्य विकास लम्साललाई मातृशोक – Nepal Press

संविधानसभा सदस्य विकास लम्साललाई मातृशोक

पोखरा । नेकपा एमाले पर्वतका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य तथा गण्डकीका पूर्वमन्त्री विकास लम्सालकी आमा गोमाकुमारी लम्सालको निधन भएको छ ।

दम रोगबाट पीडित गोमाको ८४ वर्षको उमेरमा उपचारको क्रममा फेवासिटी अस्पताल पोखरामा निधन भएको हो ।

गोमा विभिन्न सामाजिक काममा सक्रिय थिइन् । शिक्षा, स्वास्थ्य क्षेत्रमा उनको योगदानको स्थानीय स्मरण गर्छन् । उनले फलेवासबासीको स्वास्थ्य सुविधाको लागि धुलिखेल अस्पताललाई जग्गादान गरेकी छन् । त्यस्तै ओम शान्तिको भवन निर्माणका लागि एक रोपनी जग्गा दिएकी छन् ।

फलेवास नगरपालिका-५ स्थित भवानी माविमा सहयोगको साथै गोमाले खानीगाउँमा शिवालय निर्माण गरेर स्मरणयोग्य कम गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर