नाबालकले लगाउने कपडाको बटन नै सुनको पाइएपछि… – Nepal Press

नाबालकले लगाउने कपडाको बटन नै सुनको पाइएपछि…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन् । सोमबार बिहान ११ बजेट दुबईबाट काठमाडौं आएका सुमन दमाई अवैध सुनसहित पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा उनले बोकेको लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोसाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाइछिपाई राखिएको ६० वटा सुनका रिङ् फेला परेको हो ।

नियन्त्रणमा लिइएको सुनको तौल करिब १२५ ग्राम रहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । उनी भिजिट भिसामा त्यहाँ गएका थिए । तर काम नपाएपछि उनी घर फर्किएका हुन् ।

नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोसाकहरू नेपालसम्म पुर्‍याइदिन अनुरोध गरेकाले ल्याएको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *