६ जना विदेशीसहित जोमसोम उडेको थियो तारा एयरको जहाज – Nepal Press

६ जना विदेशीसहित जोमसोम उडेको थियो तारा एयरको जहाज

काठमाडौं । पोखराबाट जोमसोमतर्फ १९ यात्रुसहित उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएको छ । यद्यपी कास्की प्रहरीका एसपी रमेश थापाले भने सम्पर्कविहीन भएको जहाज खोजी भइरहेको बताएका छन् ।

विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ । तारा एयरको ९ एन-एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरले उडान भएरेका थिए ।

चालकदलका सदस्य इताशव घिमिरे र किश्मी थापासहित सो जहाज ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर