सेनाले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरू सन्तोषजनक : रक्षामन्त्री (भिडिओ) – Nepal Press

सेनाले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरू सन्तोषजनक : रक्षामन्त्री (भिडिओ)

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरू सन्तोषजनक रहेको बताएका छन् ।

आफ्नो कार्यकालको सय दिनको अवधिमा भएका काम र भावी योजना सार्वजनिक गर्न शुक्रवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री उप्रेतीले द्रुतमार्ग लगायत विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरू सन्तोषजनक रूपमा अघि बढेको बताएका हुन् ।

उनले विभिन्न आयोजनामा देखिएका समस्या समाधानका लागि सरकारले समयमा नै ऐन कानून बनाउन नसकेका कारण केहि समय ढिलाइ हुन गएको दाबी गरे ।

अहिले सबै समस्याहरू समाधान भइसकेको भन्दै राष्ट्रिय गौरवका आयोजनाहरू द्रुत गतिले अघि बढेको उनले बताए । मन्त्री उप्रेतीले काठमाडौं-तराई द्रुतमार्ग सडक आयोजनाको भौतिक प्रगति हालसम्म ३४ दशमलव ८२ प्रतिशत रहेको जानकारी दिए ।

त्यस्तै उनले कोशी कोरिडोर अन्तर्गत खाँदबारी किमाथाङ्का सडक आयोजना अन्तर्गत कुल ८ दशमलव १० किलोमिटर नयाँ ट्र्याक सम्पन्न गरिएको, दार्चुला–टिङ्कर सडक आयोजना अन्तर्गत कुल १२ दशमलव ७२ किलोमिटर नयाँ नयाँ ट्र्याक निर्माण सम्पन्न गरिएको पनि जानकारी दिए ।

उनले मन्त्रालयको कार्यसम्पादनमा चुस्तता ल्याउन पहिलो पटक तयार गरिएको कार्यसम्पादन कार्यविधि कार्यान्वयनमा ल्याइएको, राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा परिमार्जनको क्रममा रहेको, सेनामा मानार्थ बढुवा र विशेष बढुवा सम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर