२४१ व्यक्तिगत सुरक्षाकर्मी फिर्ता, ४७९२ जना फरार अभियुक्त पक्राउ – Nepal Press

२४१ व्यक्तिगत सुरक्षाकर्मी फिर्ता, ४७९२ जना फरार अभियुक्त पक्राउ

काठमाडौं । विशिष्ट व्यक्तिको व्यक्तिगत सुरक्षामा खटिएका २४१ जना सुरक्षाकर्मी फिर्ता भएका छन् ।

उपप्रधान एवम गृहमन्त्री रवि लामिछानले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनको अवसरमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ १३४ जना गरेर जम्मा २४१ जना व्यक्तिगत सुरक्षाकर्मी फिर्ता भएको जानकारी गराएका हुन् ।

सुरक्षाकर्मीलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलगायत तोकिएका मुख्य कार्यमा केन्द्रित गर्न विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानून बमोजिम विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी कार्यरत रहेको कार्यालयमा फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाललाई उपप्रधान एवम गृहमन्त्री लामिछानेले निर्देशन दिएका थिए ।

पत्रकार सम्मेलनमा उपप्रधान एवम गृहमन्त्री लामिछानेले ४ हजार ७९२ जना फरार अभियुक्त पक्राउ परेका जानकारी गराएका छन् । यसबाट १ हजार ५५६ वर्ष ८ महिना १६ दिन कैद र ५२ करोड २८ लाख ६० हजार २३४ रुपैयाँ जरिवाना असुली भएको छ । यसबाट न्याय निरुपण र अदालतका फैसला कार्यान्वयनमा महत्वपूर्ण योगदान पुगेको उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर