क्रिकेट खेलाडी देव खनाल प्रिमो एजुकेसनका ब्राण्ड एम्बेसडर – Nepal Press

क्रिकेट खेलाडी देव खनाल प्रिमो एजुकेसनका ब्राण्ड एम्बेसडर

रुपन्देही । नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी रुपन्देहीे तिलोत्तमाका देव खनाल प्रिमो एजुकेसन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडर बनेका छन् ।

अन्डर १९ नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान एवं राष्ट्रिय खेलाडी खनाललाई २०८१ जेठ ८ गते प्रिमोले ५ वर्षका लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको हो ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको प्रिमोले नेपालमा काठमाडौं, पोखरा र बुटवलमा शाखा कार्यालय खोलेको छ । शुक्रबार बुटवल शाखामा पत्रकार सम्मेलन गरेर निर्देशक सागर केसीले नेपाली क्रिकेट खेलमा सानो भएपनि योगदान गर्ने उद्देश्यले ब्राण्ड एम्बेसडरमा देव खनाललाई नियुक्त गरिएको बताए । उनले उदाउँदो खेलाडीको रुपमा खनाललाई देखेकोले ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको जनाए ।

पोखरा निर्देशक रमेशकुमार थापाले खेल खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन सहयोग गरेको बताए । उनले यसबापत एकमुष्ट एवं खेलअनुसार समेत रकम दिँदै आएको बताए ।

राष्ट्रिय खेलाडी देव खनालले क्यानकै प्रोटोकलभित्र रहेर प्रिमोको ब्रान्ड एम्बेसडर बनेको बताए। उनले देश तथा विदेशमा प्रचार प्रसार गर्ने तथा व्यवसायिक हितमा रहेर काम गर्ने प्रतिवद्धता गरेका छन् । भारतको दिल्लीमा पढेका उनले ५ वर्षलाई एम्बेसडर बनाइएको बताएपनि कति रकम लिने र दिने विषय दुवै पक्षले खुलाउन चाहेनन् ।

युरोपका विभिन्न देशहरु तथा दुबई र दक्षिण कोरियामा विद्यार्थी पठाउनुका साथसाथै पिटिई र आयल्ट्स कक्षा अध्यापन गराउँदै आएको कन्टसटेन्सीले नयाँ पिँढीका विद्यार्थीको विशेष चासो रहेको खेल क्रिकेट भएकाले यसमा लगानी गरेको जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर