मन्त्रिपरिषद् बैठक: परराष्ट्र सेवाका ८ सहित २० राजदूत नियुक्तिको सिफारिस – Nepal Press

मन्त्रिपरिषद् बैठक: परराष्ट्र सेवाका ८ सहित २० राजदूत नियुक्तिको सिफारिस

काठमाडौं । सरकारले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्कोर बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको एक मन्त्रीले बताए ।

जसपा नेता नवराज सुवेदीसहित राजदूत नियुक्तिको लागि सिफारिस भए पनि कतिपयको बायोडाटा लिनुपर्ने र केही नामको योग्यताको बुझ्नुपर्ने भएकाले सबैको नाम आधिकारिक रुपमा बाहिर ल्याउनेगरि मुख्यसचिव र परराष्ट्र मन्त्रीलाई जिम्मा दिइएको एक मन्त्रीले बताए ।

आजको बैठकले सैद्धान्तिक सहमति दिएको र परिपक्व भएपछि बाहिर आउने ती मन्त्रीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर