दिल्लीस्थित नेपाली दूतावासमै चुच्चे नक्सा गायब ! – Nepal Press

दिल्लीस्थित नेपाली दूतावासमै चुच्चे नक्सा गायब !

नयाँ दिल्ली । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा नेपालको पुरानै नक्सा प्रयोग गरेको पाइएको छ ।

दूतावास कार्यालयमा नेपाल प्रेसको भ्रमणका क्रममा यो तथ्य भेटिएको हो ।

दूतावासको मूल भवनमा रहेको रिसेप्सनमा राखिएको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र छैन ।

दूतावासका कर्मचारीहरु प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका कारण व्यस्त रहेकाले यो विषयमा प्रतिक्रिया लिन सकिएन् ।

नेपालले २०७६ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा सार्वजनकि गरेको थियो । त्यसपछि संविधान संशोधन गर्दै नक्सा मानचित्रमा समावेश गरिएको थियो । त्यसपछि सरकारले मातहतका सबै निकायमा नयाँ नक्सा राख्न निर्देशन दिएकाे थियो । यो निर्देशनकाे करिब तीन वर्षसम्मपनि दूतावास कार्यालयले नक्सा नफेरेकाे पाइएको छ ।

नेपालले नक्सामा समावेश गरेपनि  लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भारतले कब्जा गरेर राखेको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा समकक्षी मोदीसँग सीमा समास्या समाधानका विषयमा छलफल भएको बताएका छन् ।

शुक्रवार साँझ मात्रै प्रधानमन्त्री देउवा दूतावासमा आयोजित समारोहमा सहभागी भएका थिए ।

प्रतिक्रिया

One thought on “दिल्लीस्थित नेपाली दूतावासमै चुच्चे नक्सा गायब !

  1. अरु केही पर्दैन बस अब यो बुढा पाका नेता लाई घर मा बस्ना लगाऊ र युबा नेता लाई सरकर को जिम्मा दियू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर