एनआरएनए निर्वाचनमा सेल्फी मतदान – Nepal Press

एनआरएनए निर्वाचनमा सेल्फी मतदान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी मार्च २४ मा हुन लागेको निर्वाचनका लागि सेल्फी मतदानको व्यवस्था गर्ने भएको छ ।

संघको निर्वाचन अधिकृतको कार्यालयले सेल्फी र गैरआवासीय नेपाली पहिचान प्रमाणिकरणका लागि सूचना समेत जारी गरेको छ ।

कार्य समितिको निर्वाचन प्रयोजनार्थ हालसम्म पनि केही मतदाताहरूले आफ्नो सेल्फी र गैरआवासीय नेपाली भएको प्रमाण पेस नगरेकाले भोलिसम्ममा प्रमाण पेस गर्न प्रतिनिधिहरूलाई जानकारी गराएकव छ ।

तोकिएको समयभित्र सेल्फी र गैरआवासीय नेपाली भएको प्रमाण पेस नगर्ने प्रतिनिधिहरूको नाम मतदाता नामावलीबाट हटाइने निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *