भारतलाई विप्लव नेतृत्वको नेकपाको चेतावनी- सीमा मिच्ने काम बन्द गर – Nepal Press

भारतलाई विप्लव नेतृत्वको नेकपाको चेतावनी- सीमा मिच्ने काम बन्द गर

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाली भू-भाग मिच्ने कार्य रोक्न भारतलाई चेतावनी दिएको छ ।

दार्चुलाको खलंगा पारी बाङ्गाबगड र वीरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले सिमाना भन्दा आठ देखि १० मिटर नेपाली भू-भागलाई मिचेर तटबन्द गर्न थालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपाले यस्तो चेतावनी दिएको हो ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सोमबार एक विज्ञप्ती जारी गर्दै भारतीय मोदी सरकारले एसएसबीमार्फत गरेको सिमा अतिक्रमणको विरोध एवं भ्रत्र्सना गरेका छन् ।

दुई देशको सिमाना सम्बन्धी सवालको निरुपण गर्ने अन्तराष्ट्रिय कानुनी मान्यताका विरुद्धमा भारतीय सुरक्षा बल एसएसबीले तटबन्धको नाममा नेपाली भूमि अतिक्रमण गरेको र तटबन्धबाट महाकाली नदीको जोखिमी एवं प्रवाह नेपाली भू-भागतिर मोड्ने बदनीयतपूर्ण कार्य तुरुन्त रोक्न नेकपाले भारतलाई चेतावनी दिएको हो ।

नेकपाले खलंगा पारीको महाकाली नदीमा एसएसबीमार्फत भारतीय मोदी सरकारले गरेको अतिक्रमणलाई तुरुन्त रोक्नका लागि कुटनीतिक र राजनीतिक पहल गर्न प्रधानमन्त्री शेर बहादुर देउवासँग माग पनि गरेको छ ।

साथै डोरीको सहारा र पौडिदै खलंगातिर आइरहेका एसएसबीलाई फागुन ११ गतेका दिन प्रतिरोध र प्रतिवाद गर्ने खलंगावासी नेपाली नागरिकलाई नेकपाले विज्ञप्तीमार्फत नै हार्दिक बधाईसहित धन्यवाद ज्ञापन पनि गरेको छ ।

‘यसका विरुद्धको प्रतिरोध संघर्षलाई सशक्त पार्न दार्चुलावासी जनसमुदायलाई विशेष अपिल गर्दछौं । नेपाल कम्युनिष्ट पार्टी तपाईहरुको साथमा रहनेछ ।’विज्ञप्तीमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर