स्थानीय तहलाई स्थानीय सरकार बनाइदिउँला, राम्रो काम गर्नुस् : प्रधानमन्त्री देउवा – Nepal Press

स्थानीय तहलाई स्थानीय सरकार बनाइदिउँला, राम्रो काम गर्नुस् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्ने व्यवस्था गर्न कुनै आपत्ति नरहेको बताएका छन् ।

नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नगरपालिका प्रमुखहरुको सुझावका आधारमा स्थानीय तहलाई स्थानीय सरकार बनाउन समस्या नरहेको बताएका हुन् ।

संविधानले स्थानीय तह भन्दै आएकोमा स्थानीय सरकार बनाउन दलीय सहमति भने जुट्नुपर्ने देउवाको भनाई छ ।

कार्यक्रमका अधिकांश वक्ताले संविधानले ३ तहको सरकारको परिकल्पना गरेपनि स्थानीय ‘सरकार’ नभनेर तहमात्रै भन्नु उपयुक्त नहुनेमा जोड दिएपछि प्रधानमन्त्री देउवाले जवाफ दिएका हुन् ।

‘तह र सरकार भन्ने कुरा ठूलो होइन । तह हटाएर सरकार नै राखिदिउँला । त्यसको लागि दलीय सहमति पनि बनाउँला । मुख्य कुरा डेलिभरी हो । नगरपालिकाहरुले जनतालाई डेलिभरी दिनुपर्यो’, देउवाले भने ।

स्थानीय तहको काम हेरेरै जनताले समग्र शासन व्यवस्थाबारे धारणा बनाउने भन्दै प्रधानमन्त्री देउवाले देशभरका शहरहरुलाई व्यस्थित, विकसित र स्वच्छ बनाउन नगरपालिकाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

‘नामले भन्दा कामले चिनिने हो । नगरपालिकाहरुले नमूनाका रुपमा स्थापित हुनेगरी काम गर्नुपर्छ । विकास र कानून निर्माणमा स्थानीय सहभागितालाई बढावा दिनुपर्छ’, देउवाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर