पल शाह प्रकरण : नाबालिग गायिकाबारे अश्लिल सामग्री प्रसारण गर्ने युट्यूवर पक्राउ – Nepal Press

पल शाह प्रकरण : नाबालिग गायिकाबारे अश्लिल सामग्री प्रसारण गर्ने युट्यूवर पक्राउ

काठमाडौं । पल शाह प्रकरणमा पीडित भनिएकी बालिकाबारे अश्लिल सामग्री प्रसारण गरेको आरोपमा एक युट्यूवर पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्यूरोले ‘सेलेब नेपाल’ नामक युट्यूब च्यानलका सञ्चालक गुल्मी भनभने ९ स्थायी घर भइ हाल बुटवल १३ रुपन्देही बस्दै आएका २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार उक्त युट्यूब च्यानलले पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्य राखी भ्रामक समाचार सम्प्रेषण गरेको खुलेको छ ।

थापाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार हिजो पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिएर अनुसन्धान थालिएको छ ।

पीडित नाबालिग गायिकाबारे अश्लिल तस्बिरसहित स्टाटस लेखेको आरोपमा ब्यूरोले ललितपुर महानगरपालिका-२९ बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरिसकेको छ ।

पल शाहको बलात्कार प्रकरणमा पीडित भनिएकी बालिकाबारे अश्लिल सामग्री प्रकाशित गर्ने र चरित्र हत्या गर्नेलाई ब्यूरोले खोजिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर