‘रेड हार्ट’ इमोजी पठाउनेलाई ५ वर्ष जेल – Nepal Press

‘रेड हार्ट’ इमोजी पठाउनेलाई ५ वर्ष जेल

रियाद । भर्चुअल संसारमा भावनालाई शब्दबाट होइन इमोजीमार्फत व्यक्त गर्ने चलन स्थापित भइसकेको छ । अलग–अलग इमोजीले बोक्ने सन्देश अलग हुन्छ । जस्तो कि बुढी औला माथि उठाएको इमोजीले मन पराइएको वा समर्थन गरेको भन्ने बुझिन्छ ।

त्यस्तै हाँसो, खुसी, चिन्ता, चासो, प्रेम वा घृणा व्यक्त गर्न अलग-अलग इमोजी प्रचलनमा रहेका छन् । ‘रेड हार्ट’ इमोजीको अर्थ प्रेम भन्ने बुझिन्छ । कसैप्रति प्रेस दर्शाउन ‘रेड हार्ट’ इमोजी पठाउने गरिन्छ ।

तर साउदी अरेबियामा भने ‘रेड हार्ट’ इमोजी पठाउनेले चर्को मूल्य चुकाउनुपर्ने हुनसक्छ । किनकी ‘रेड हार्ट’ इमोजी पठाउनेलाई ५ लाख जरिवाना र २० वर्षसम्म कैद हुने व्यवस्था साउदी साइबर कानूनले गरेको छ ।

साउदीमा आफ्नो परिवार वा पार्टनरलाई रेड हार्ट इमोजी पठाउँदा कानुन लाग्छ तर म्यासेज प्राप्त गर्नेले प्रहरीमा उजुरी गरेपछि मात्र जेल सजाय हुनेछ ।

साउदीको साइबर विज्ञका अनुसार, ‘साउदीको कानुनमा रेड हार्ट इमोजी पठाउने व्यक्तिलाई दुईदेखि पाँच वर्षसम्म जेल सजाय हुनेछ । साथै एक लाख साउदी रियाल जरिवाना हुनेछ ।’

साउदीमा रेड हार्ट इमोजी पठाउनु यौन उत्पीडन जस्तै अपराध हो । यहाँ इमोजी पठाउनुलाई उत्पीडनकारी कानूनको दायरामा राखिएको छ । गल्फ न्यूजले प्रकाशन गरेको समाचार अनुसार, साउदी अरेबियाको एन्टी–फ्राड एसोसिएसनका सदस्य अल मोआताज कुत्बी भन्छन् कि व्हाट्सएपमा रेड हार्ट इमोजी पठाउनु उत्पीडन अपराध हो ।

अनलाइन च्याटिङका क्रममा प्राप्तकर्ताले तस्विर वा इमोजीसहित मुद्दा दायर गरेमा यो दुव्र्यवहार अपराधको श्रेणीमा पर्ने उनले बताए ।

उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कुनै पनि दुई व्यक्तिको कुराकानीमा जबरजस्ती हस्तक्षेप नगर्न वा भावनामा चोट पु¥याउने तस्विर वा इमोजी सेयर नगर्न चेतावनी समेत दिएका छन् ।

रेड हार्ट इमोजीलाई यौन अपराधसँग जोडिएको साउदी अरेबियाको एन्टी हरेसमेन्ट सिस्टमले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर