माओवादी महाधिवेशनमा प्यानल प्रस्तुत गरिने, प्रचण्डसहितका पदाधिकारीको चयन केन्द्रीय कमिटीबाट (भिडिओ) – Nepal Press

माओवादी महाधिवेशनमा प्यानल प्रस्तुत गरिने, प्रचण्डसहितका पदाधिकारीको चयन केन्द्रीय कमिटीबाट (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन ५ दिनसम्म चल्न सक्ने देखिएको छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएपछि तीन दिन बढाएर ५ दिन हुन लागेको हो ।

केन्द्रीय कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले महाधिवेशन हलमा केन्द्रीय कमिटी सदस्यको प्यानल प्रस्तुत हुने र त्यसमा असहमति भएमात्र चुनावमा लगिने बताए ।

महराले भने, ‘२९९ प्लस केही सदस्यको प्यानल केन्द्रीय कमिटीको तर्फबाट प्रस्तुत हुन्छ । सहमति भए भइहाल्छ नभए चुनावमा जाने हो । हाम्रोमा महाधिवेशन हलबाट केन्द्रीय सदस्यमात्र चयन हुन्छन्, केन्द्रीय कमिटीले अध्यक्ष र अन्य पदाधिकारी चयन गर्ने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर