ब्रिटिस गोर्खा सैनिकद्वारा नेपाली सेनालाई महामारीविरुद्ध सहायता प्रदान

२०७८ पुष ५ गते १७:३३

काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध ब्रिटिस गोर्खा सैनिकले नेपाल सैनिकलाई शैय्या र पीसीआर परीक्षणका उपकरण प्रदान गरेको छ ।
कोभिड उपचारमा सजिलो हुने २५ वटा शैय्या र पीसीआर उपकरणका किट्स र मेसिन प्रयोग गरिएको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ ।
ब्रिटिस गोर्खाका कमान्डर पौल स्मिथले सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सैनिक अधिकारीलाई सहायता सामाग्री हस्तान्तरण गरेका थिए ।
यो सैनिक सहायताले नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप बलियो हुने आशा बेलायती दूतावासले लिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर