देउवालाई बधाई दिँदै अमेरिकाले भन्यो : हामी लोकतन्त्र र मानवअधिकारको पक्षमा छौं – Nepal Press

देउवालाई बधाई दिँदै अमेरिकाले भन्यो : हामी लोकतन्त्र र मानवअधिकारको पक्षमा छौं

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाले बधाइ तथा शुभकामना दिएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत देउवालाई बधाइ दिएको हो । देउवा सभापति भएपछि पहिलोपटक बधाइ दिने मुलुक अमेरिका बनेको छ भने उनी प्रधानमन्त्री नियुक्त हुँदा पनि अमेरिकाले सुरुमै बधाइ दिएको थियो ।

बधाइ सन्देशमा अमेरिकाले आफू लोकतन्त्र, मानवअधिकार र निश्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा रहेको समेत बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर