देउवाद्वारा जर्मन चान्सलर ओलफलाई बधाइ तथा शुभकामना – Nepal Press

देउवाद्वारा जर्मन चान्सलर ओलफलाई बधाइ तथा शुभकामना

काठमाडौं । नवनियुक्त जर्मन चान्सलर ओलफ स्कोल्जलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ तथा शुभकामना सन्देश पठाएका छन् ।

स्कोल्जको कार्यकालमा नेपाल र जर्मनबीचको द्विपक्षीय सम्बन्ध उचाइमा पुग्ने आशा देउवाले व्यक्त गरेका छन् । ‘द्धिपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन स्कोल्जसँग मिलेर काम गर्न चाहन्छु’ देउवाले भनेका छन् ।

गत बुधबार जर्मनीको संसद बुन्डेस्टागले सोसल डेमोक्र्याट ओलाफलाई चान्सलरमा चुनेको थियो । सोसल डेमोक्रेट्स, ग्रीन्स र लिबरल फ्रि डेमोक्रेट्सको तर्फबाट ओलफ राष्ट्रप्रमुख बनेका थिए ।

उनी चान्सलर बनेसँगै एन्जेला मर्केलको युग समाप्त भएको छ । १६ वर्ष शासन गरेकी मर्केल सत्ताबाट बाहिरिएकी छिन् । ओलाफको आगमनलाई बर्लिनमा मर्केल नेतृत्वको रुढीवादी शासनको आवसान र जर्मन तथा युरोपीय राजनीतिमा एक नयाँ राजनीतिक युगको सुरुवात भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर